क्रिकेटखेल

आईसीसी विश्वकप लिग–२ आज अमेरिकासंग खेल्दै नेपाल

सन् २०२३ मा हुने विश्वकप क्रिकेटको छनोटका रुपमा रहेको आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज नेपालले दोस्रो खेल अमेरिकासंग खेल्दैछ । नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेल गुमाएको नेपाल आज जितको लक्ष्यका साथ मैदान उत्रने छ ।

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा राति ९ः१५ बजे सुरु हुने खेलमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ भने उता अमेरिका लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

नेपाल यसअघि पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो । अमेरिकाले पहिलो खेलमा ओमानलाई हराएको थियो । ओमानविरुद्ध पुरानै कमजोर ब्याटिङलाई निरन्तरता दिएको नेपालमाथि अमेरिकाविरुद्ध ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती छ ।

अमेरिका र नेपालबीच अहिलेसम्म चारवटा एकदीवसीय भिडन्त भएको छ । जसमा नेपालले तीन र अमेरिकाले एक खेल जितेको छ । लिग–२ मा १३ खेल सकेको नेपाल १२ अंक सहित तालिकाको छैटौं स्थानमा छ । २१ खेलबाट २० अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा नेपालले तेस्रो खेल जेठ ३१ गते ओमानविरुद्ध र अन्तिम खेल असार १ गते अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), विनोद भण्डारी (विकेटकिपर), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.