जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

मोरङ, सुनसरी, अर्घाखाँची र कपिलवस्तुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मोरङ, बिराटनगर महानगरपालिका-४ दुधफारमा चोकस्थित सडकमा प्र.१-०४- ००१ ज ००१४ नम्बरको म्याजिक ना.७ ख १८७६ नम्बरको तेलको ट्याङकरमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा म्याजिक चालक सुनसरी इटहरी उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय तिलक साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रमममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका म्याजिकमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरी, धरान उपमहानगरपालिका-१३ शिवधारास्थित सडकमा प्र.१-०२-००१ ख ९१९० नम्बरको ट्रक र प्र.१-०२-०४४ प ७१०८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका- १९ बस्ने ५५ वर्षीया मिना राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै अर्घाखाँची, छत्रदेव गाउँपालिका-७ देउरालीस्थित सडकमा ना.८ ख ६६४४ नम्बरको टिपर सडकबाट अन्दाजी ६० मिटर तल खसेर सोमबार राति दुर्घटना हुँदा टिपर चालक सन्धिखर्क नगरपालिका-७ खाँची बस्ने २६ वर्षीय रामलाल पुरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपरमा सवार अन्य दुई जनालाई सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज प्रभास पाल्पा रिफर गरिएको छ । यता कपिलवस्तु, बुद्धभूमि नगरपालिका-४ झोडुलामाई मन्दिरस्थित सडकमा कर्णाली प्रदेश ०२-००१ ख ०५२५ नम्बरको बस र लु. १ च ९२८४ नम्बरको बोलेरो जिप एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा जिपका चालकको गाडीमै च्यापिएर घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बसमा सवार सात जना र बोलेरोका सहचालक एक जनालाई उपचारको लागि स्थानीय बुद्ध पोलिक्लिनिक गोरूसिंगे पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.