राजनीति

वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सातवर्ष कैद

काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

निलम्बित न्यायाधीश भुवन गिरी दोषी ठहर

न्यायाधीश दुर्गा भुसालको इजलासले मंगलबार पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्र्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो ।

यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । मंगलबार अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.