राजनीति

प्रतिपक्षी सांसदको प्रश्नको उत्तर मन्त्रीले दिने कि सत्तापक्षका सांसदले

अहिले संघीय संसदको वर्षे अधिवेशन चलिरहेको छ र बैठकमा विनियोजन विधेयक २०७९।०८० माथि छलफल चलिरहेको छ ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुको प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने चयन रहेको छ । तर, यहाँ सत्तापक्षका सांसदहरु नै उत्तर दिन थालेका छन् ।

यसबीचमा प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद भानुभक्त ढकालले प्रतिपक्षले सदनमा उठाएका विषयमा सरकारका सम्बन्धित मन्त्रीले जवाफ दिने परम्परा रहेकाले सत्तापक्षका सांसदलाई जवाफ दिने भूमिका प्रदर्शन नगर्न आग्रह गर्नुभएको छ ।

विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सम्बन्धित मन्त्रीहरुले कार्यसूचीबमोजिम नै जवाफ दिने भएकाले सत्तापक्षका सांसदले जवाफ दिइरहन नपर्ने बताउनुभयो ।

पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालले आफ्नो पालामा कोभिङ–१९ विरुद्धको खोप हराएको भन्ने वर्तमान स्वास्थ्यमन्त्रीको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको जवाफ माग गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रका कतिपय कार्यक्रम योजनाका आधारमा नभई सत्तापक्षका कार्यकर्तालाई लाभ दिने ढङ्गले ल्याइएको आरोप लगाउनुभयो ।

सांसद अमनलाल मोदीले मन्त्रीहरुले आफ्ना जिल्ला र क्षेत्रमा बढी बजेट पारेर विकासको समानुपातिक ढाँचा अवलम्बन नगरेको टिप्पणी गर्नुभयो ।

उहाँले पूर्वको महत्वपूर्ण विराटनगर सहरलाई व्यवस्थित र सुन्दर बनाउन सरकारले बजेट विनियोजन नगरेकामा गुनासो व्यक्त गर्नुभयो ।

सांसदहरुले योजना माग गरिएर पनि बजेटमा समावेश नगरिएको र दीर्घकालीनरुपमा सकारात्मक प्रभाव पार्ने कार्यक्रममा ध्यान नदिइएको सांसदहरुले बताउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.