क्रिकेटखेल

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

अमेरिका र वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ । मंगलबार राति भएको खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हासिल गरेको हो ।

पाकिस्तानको पहिलो जित

जितसँगै पाकिस्तानले शीर्ष आठको सम्भावनालाई कायमै राखेको छ । न्यूयोर्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । क्यानडाका लागि ओपनर एरोन जोनसोनले ५२ रनको अर्धशतकीय पारी खेले भने कलिम सनाले १३ रन जोड्दा साद बिन जफरले १० रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले २-२ विकेट लिए भने नसिम साह र सहिन सा अफ्रिदीले समान १-१ विकेट लिए ।
क्यानडाले दिएको १ सय ७ रनको लक्ष्य पाकिस्तानले १५ खेल अगावै ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको लागि मोहम्मद रिजवानले अविजित रहँदै ५३ रनको अर्धशतकीय पारी खेले भने कप्तान बाबर अजामले ३३ रन बनाए । क्यानडाको लागि डिलन हेलिगरले २ विकेट लिए । प्रतियोगितामा पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग ६ रनले हारेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.