भारतले सुगौली सन्धि नमान्ने भए टिस्टा र काँकडा छोड्नुपर्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले राजाहरुले गुमाएको भूमी गणतन्त्रले फिर्ता ल्यायो भन्ने नेकपा अध्यक्ष प्रचण्डको अभिव्यक्तिको आलोचना गर्दै इतिहासलाई गाली गरेर कोही पनि ठूलो नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि दफावार छलफलका क्रममा सांसद लिङदेनले गुमेको भूमि फिर्ता ल्याउन अग्रसरता देखाउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाइ विशेष धन्यवाद र बधाई दिंदै अबका दिन अरु जटिल र कठिन हुने भएकाले त्यसलाई दृढतापूर्वक सामना गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले गुमेको भूमि फिर्ता लिन भारतसंग कुशलतापूर्वक वार्ता गर्नुपर्ने बताउँदै यदि भारतले सुगौली सन्धि मान्दैन भने हामी पनि मान्दैनौं भन्न सक्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो भारतले सुगौली सन्धि मान्दैन भने उसले लिपुलेक, कालापानी र लिम्पियाधुरा मात्र हैन टिस्टा र काँकगासम्म छोड्नुपर्छ भन्दै भारतले त्यस्तो गल्ती नगर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्