राजनीति

सरकारले आधारभूत स्वस्थ्य सेवा जनतामा पुर्याउँछ : स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नागरिक स्वस्थ्य सेवाबाट वञ्चित हुनुनपर्ने बताउनुभएको छ । सिन्धुपाल्चोकको चौतारामा सोमबार आयोजित कार्यक्रममा उहाँले सबै नागरिकलाई सरकारले आधारभूत स्वस्थ्य सेवाको पहुँचमा पुर्याउने बताउनुभयो ।

स्वास्थ्यमन्त्री बस्नेत

मन्त्री बस्नेतले संविधानमा रहेको स्वास्थ्य, शिक्षाजस्ता क्षेत्रमा सबै नागरिकको सहज पहुँच पुग्नुपर्ने बताउँदै सरकार यस्ता क्षेत्रको सुधारमा संवेदनशील भएर लागेको बताउनुभयो । “विपन्न तथा आर्थिक अवस्था कमजोर भएकालाई अस्पतालले दिनुपर्ने सेवाका बारेमा सरकारले गरेको व्यवस्था कार्यान्वयन कडाइका साथ लागू गर्ने र स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै नागरिकले अनुभूति गर्ने गरी सरकारले काम गर्छ”, उहाँले भन्नुभयो ।

जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालय साधन स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित जनशक्तिको व्यवस्थापन र परिचालनमा प्राथमिकताका साथ लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.