पहिले सार्वजनिक तस्वीर सत्य सावित : मन्त्री वलीले गरिन तमासा
गत वर्ष लुम्बिनी प्रदेशसभाकी सदस्य विमला वलीले एक युवकलाई चुम्बन गरेको तस्वीर सार्वजनिक भएपछि त्यो तस्वीर फोटोसप गरेर आफ्नो बदनाम गर्न खोजेको आरोप लगाए पनि अहिले त्यो सत्य सावित भएको छ ।
गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् ।
उक्त तस्वीरसहितको समाचार नेपाल प्रेसमा प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए । साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् ।
जतिसुकै ढाकछोप गरे पनि अन्ततः घटना गम्भीर अपराधको श्रेणीमा पुग्ने गरी छताछुल्ल भएको छ । अहिले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री समेत रहनुभएकी वलीले प्रेमी बस्नेतको घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले नियन्त्रणमा लिएर इप्रका तुलसीपुरमा पुर्याएको छ र कसैलाई पनि छिर्न दिइएको छैन ।
मंगलबार विहान मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेतको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत हातपात गरेकी थिइन ।
घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको थियो ।
एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गरेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ । घटनाबारे उनले प्रहरीलाई यस्तो बयान दिएकी छिन ।
नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् ।
नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् ।
नेपाल प्रेसबाट
प्रतिक्रिया राख्नुहोस्