जन सरोकार

काठमाडौं र काठमाडौंबासीलाई गाली गर्ने कार्यक्रममा बसेर समय किन खेर फाल्ने ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले हेटौंडामा आयोजित तीनदिने स्थानीय सरकारको बैठक बीचैमा छाडेर आएपछि यसको कारण खुलाउनुभएको छ ।

आइतबार हेटौंडाको तीन दिने बैठकमा सहभागी हुन मेयर साह र उपमेयर सुनिता डंगोल हेटौंडा पुगे पनि सोमबार काठमाडौं फर्किएपछि उहाँले सो कार्यक्रम छाडेर आउनुकोा कारणबारे प्रष्ट पार्नुभएको छ ।

उहाँले काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौंबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएका कारण बैठक छाडेर आएको बताउनुभएको छ ।

उहाँले विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘मलाई व्यक्तिगत रूपमा आलोचना वा गाली गर्न पाइयो तर काठमाडौं र काठमाडौंबासीसँग सम्बन्धित नै नभएको कार्यक्रममा काठमाडौंलाई गाली गर्न किन समय र ऊर्जा खर्चिने ? मेरो प्रश्न यति हो ।’

बालेनले विज्ञप्तिमा अगाडि भन्नुभएको छ, ‘काठमाडौं केबल राजधानीमात्रै होइन, अझ बागमती प्रदेशको लागि त एउटा पालिका मात्रै हो तर काठमाडौं कसैको जन्मभूमि, कसैको कर्मभूमि हो। गाली गरिराख्ने तर मौका पाउँदा पनि केही नगर्ने ठाउँ, कार्यक्रममा बस्ने औचित्य नदेखेर मैले हिजोको कार्यक्रम छोडेको हुँ।’

त्यस्तै उहाँले गाली र आलोचना नै सुन्ने भए आफ्नै महानगरमा आफ्नै महानगरबासीहरूको सुन्ने वा सम्बन्धित व्यक्ति, समूह वा कार्यक्रमहरूमा सुन्ने पनि बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.