जन सरोकार

वाग्मती सफाई अभियन्ता चन्द मुम्बईको समुद्री किनार सफाईमा

राजधानी काठमाडौं उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाई महाअभियानसहित देशभर सफाई अभियान चलाइरहनुभएका सामाजिक अभियन्ता एव नेपाली चलचित्रकर्मी चक्रबहादुर चन्दले मुम्बईको भर्सेवा बीच सफाई अभियान गर्नुभएको छ ।

मुम्बई महानगरपालिका र समुन्द्र बचाउ अभियानका अभियन्तासँगको सहकार्यमा चन्दले एक घण्टा सो अभियान गरिएको मुम्बईबाट सो कुरा बताउनु भयो ।

सफाई महाअभियानका सक्रिय अभियन्ता चन्द हाल बहुचर्चित नेपाली चलचित्र प्रेमगीत ३ भारत र विश्वभर रिलीज़ गर्ने ब्यबस्थापनका लागि केही हप्तादेखि मुम्बई हुनुहुन्छ ।

जहाँ गए पनि समय ब्यबस्थापन गरी पृथ्वी बचाउने अभियान सफाई र वृक्षारोपण अभियानलाई निरन्तरता दिंदै आउनु भएका चन्दले नेपालमा मेचीमहाकाली सफाई अभियान समेत संचालन गर्नुभएको छ ।

अहिले देशभरका ६५ भन्दा बढी स्थानमा सफार्ए अभियान सम्पन्न भएको र दर्जन बढी स्थानमा अभियान चलिरहेको छ । हरेक पटक मुम्बई आउदा समुन्द्री तट सफाइ अभियान गर्दै आउनु भएका चन्द अब यही अवस्था रहे मानवकै कारण मानवीय जीवनमा ठुलो समस्या आउने चेतावनी समेत दिनुभएको छ ।

अहिले विश्वको स्थिति भयाभव रहेको र जताततै प्लाष्टिकजन्य पदार्थले भरिए र समुन्द्रहरु पनि फोहर हुँदै गैरहेका कारण यहाँ सामुद्रिक जीवहरु लोप हुँद गएको उहाँले बताउनुभएको छ ।

समुन्दी किनारा प्लाष्टिकजन्य पदार्थले भरिएको र अब पनि सम्ुद्रमा प्लास्टिकजन्य पदार्थ फाल्ने फालिरहने हो भने ठूलो मानवीय संकट आउने खतरा चन्दले औंल्याउनु हुने चन्दले आफू जहाँ गए पनि जनचेतनाका लागि सफाइ अभियान गर्ने प्रेरणा वाग्मती सफाइ अभियानबाट पाएको पनि बताउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.