क्रिकेटखेल

क्रिकेट विकासका विषयमा मेयर बालेनसंग पारस र ज्ञानेन्द्रको भेट

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी घोषण गरेपछि संचार माध्यमको कुराकानीमा मेयर बालेन्द्र (बालेन) साहले राजधानीका विद्यालयहरुले खेलकूदलाई प्राथमिकता नदिएको तर शुल्क भने लिइरहेको भन्दै असन्तुष्टि जनाउने गर्नुभएको थियो ।

यसबीचमा काठमाडौंमा ग्रास रुटबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले भेट गर्नुभएको छ ।

भेटपछि पारसले मेयर बालेन खेलकुदमा रुची राख्ने गरेको र मेयर बन्नु अघि पनि आफूद्वारा संचालित एकेडेमीमा आएर क्रिकेटको विषयको बारेमा छलफल गर्नुभएको जानकारी दिंदै पछिल्लो समय काठमाडौंबाट नयाँ खेलाडीहरु नदेखिएकाले अब स्कुलदेखि नै खेलाडीहरु कसरी उत्पादन गर्न सकिन्छ भनेर छलफल भएको बताउनुभयो ।

मेयर साहसंगको छलफलमा पूर्व कप्तान पारसले आफू, ज्ञानेन्द्रसंगै शरद भेषावकर र त्यसपछि आएका सुबास खकुरेल र पृथु बास्कोटापछि काठमाडौंबाट नयाँ खेलाडी खासै नदेखिएको बताउनुभयो ।

पारस, ज्ञानेन्द्रहरुको टिमले काठमाडौंमा क्रिकेट प्रशिक्षण दिन क्रिकेट एक्सलेन्स सेन्टर सीईसी एकेडेमी सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.