बस्नेतकी श्रीमती र छोरी कुट्ने वली थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा
एक महिला बालिकालाई कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको छ ।
तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहनुभएका वलीलाई थप अनुसन्धानका लागि दिउँसो जिल्ला प्रहरी कार्यालय घोराही ल्याइएको हो ।
मंगलबार विहान तुलसीपुर–५ आलुमण्डीस्थित प्रेमी एकराज बस्नेत बस्नेतको घरमै पुगेर मन्त्री वलीले बस्नेतकी श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विमलाको कुटाइबाट एकराजकी श्रीमती मीना भण्डारीको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ । प्रहरीले पीडितका घाउ जाँच गराएको छ ।
विमला एकराजको घरमा पीएसओसहित झण्डावाल गाडीमा पुगेकी थिइन् । विमलालाई प्रहरीले इप्रकाबाट बाहिर निकाल्दा पीडितका आफन्तले ईप्रकाको गेटमा नाराबाजी गरेका थिए । प्रहरीले नाराबाजी गर्नेमाथि सामान्य बल प्रयोग गरी विमलालाई जिप्रका लगेको थियो ।
डिएसपी नेतृत्वमा रहेको इलाका प्रहरी कार्यालयमा अहिले डिएपसी नरहेकाले थप अनुसन्धानका लागि राज्यमन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
प्रहरी प्रमुख काफ्लेका अनुसार राज्यमन्त्री वलीले हातपात गरेको घटनामा प्रहरीले अनुसन्धान गरिरहेको र अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइनेछ ।
श्रीमानकाे प्रेमिकाबाट कुटिएकी बस्नेत स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिन जिप्रका दाङ जाँदै छिन् । उनले स्थानीय एक वकिलकहाँ पुगेर निवेदन तयार पारेकी थिइन् ।
राज्यमन्त्री वली नेकपा एमाले लुम्बिनी प्रदेशका सांसद स्व. उत्तरकुमार वलीकी श्रीमती हुनुहुन्छ । वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा विमला खत्री वली विजयी हुनुभएको थियो ।
पहिले सार्वजनिक तस्वीर सत्य सावित : मन्त्री वलीले गरिन तमासा
प्रतिक्रिया राख्नुहोस्