सामाजिक सञ्जालका कारण युवाहरूमा एक्लोपन र डिप्रेसन बढ्दो
सूचना प्रविधिको विकास र यसको व्यापक प्रयोगले मानिसको जीवन सहज त भएको छ यससंगै अनेक किसिमका मनोसमस्या पनि उत्पन्न भएको छ । व्यक्तिमा एक्लोपन बढ्दै गएको छ भने एकोहोरो हुने क्रम पनि चलिरहेको छ ।
यस विषयमा २०१७ मा मनोवैज्ञानिक जीन ट्वेन्जले विश्वमा मानसिक स्वास्थ्य संकट बढ्दै गएको र यसले डिप्रेसन र चिन्ताको दर पनि बढ्दै गएको बताएका थिए । उनले यसको कारण स्मार्टफोन र सामाजिक सञ्जाल भएको महसुस गरेका थिए ।
त्यसको ६ वर्ष पछि, ट्वेन्जले आफ्नो कुरा र अनुसन्धानलाई प्रमाणित गरेका छन् । यसका लागि नयाँ डाटा प्रस्तुत गरेका छन् । उनले आफ्नो नयाँ पुस्तक ‘जेनेरेसन’मा यो कुरा उल्लेख गरेका छन् ।
२०१७ मा सान डिएगो स्टेट युनिभर्सिटी अमेरिकामा जेनेरेसनल ट्रेन्डहरू अध्ययन गर्ने मनोवैज्ञानिक जीन ट्वेन्जले १९३० देखि २०१२ सम्म किशोरहरूको मानसिक स्वास्थ्यसँग सम्बन्धित डेटामा अनुसन्धान गरेका थिए ।
सो अनुसन्धानका क्रममा अधिकांश अमेरिकीहरूसँग स्मार्टफोन रहेको र यस अवधिमा एक्लोपनको दर पनि बढेको पाइएको थियो । जसको कारण किशोरकिशोरीहरूको सामाजिक सञ्जालको लत र डिप्रेसनको विषयलाई लिएर प्रश्न उठाइएको छ ।
किशोरकिशोरीहरूले कसरी आफ्नो समय बिताउँछन्
ट्वेन्जले आफ्नो पुस्तक ‘जेनेरेसन’ मा पाँच उमेर समूह ( साइलेन्ट जेनेरेसन (१९२५-१९४५ को बीचमा जन्मेको) देखि जेन जेड (१९९५-२०१२ को बीचमा जन्मिएका)को मानसिक स्वास्थ्य प्रवृतिको अनुसन्धान गरेर निकालेको निष्कर्ष थियो हामीले समय बिताउने तरिका परिवर्तन भएको छ जुन २०१२ देखि धेरै हो ।
किशोरकिशोरीहरू प्रत्येक हप्ता साथीहरूसँग कतिपटक बाहिर जान्छन् भन्ने तथ्याङ्क सन् १९७६ पछि ३० वर्षसम्म लगभग उस्तै वा स्थिर रहेको छ । २००४ मा यो डाटामा एक सानो गिरावट आएको थियो र २०१० सम्म तीव्र गिरावट देखियो । सरल शब्दमा भन्नुपर्दा, हरेक हप्ताको सट्टा, किशोरहरूले लगभग हरेक दिन आफ्ना साथीहरूसँग घुम्न जान थाले ।
२०१२ को आसपासमा, सामाजिक सञ्जालको चलन बढ्न थाल्यो र किशोर किशोरीहरूले यसमा बढी समय बिताउन थाले । २०१७ सम्म हरेक दिन सोशल मिडिया प्रयोग गर्ने किशोरकिशोरीहरूको संख्या ८५ प्रतिशतले वृद्धि भएको थियो । २०२२ सम्म यो संख्या बढेर ९५ प्रतिशत पुगेको छ । तथ्यांकअनुसार कक्षा १० मा अध्ययनरत २२ प्रतिशत छात्राहरू दिनमा सात घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्छन् । जसले गर्दा उनीहरुको सुत्ने समय पनि घटेको छ ।
मानसिक र शारीरिक स्वास्थ्य कायम राख्न निद्रा आवश्यक छ
२०१० र २०२१ को बीचमा ७ वा सोभन्दा कम घण्टा सुत्ने १० औं र १२ औं कक्षाका विद्यार्थीहरूको संख्या एक तिहाइबाट आधामा बढेको छ । ट्वेन्गेले भने, विद्यालय जाने बालबालिका सामान्यतया ९ घण्टाभन्दा बढी सुत्छन् तर ७ घण्टाभन्दा कम सुत्नु चिन्ताको विषय हो । यसले मानसिक स्वास्थ्य समस्या बढाउन सक्छ। निद्राको कमीले चिन्ता(डिप्रेसनको जोखिम बढाउँछ। पछिल्लो ६ वर्षमा यो समस्या बढ्दै गएको छ ।
किशोरकिशोरीहरूले आफ्नो स्वास्थ्यमा ध्यान दिँदैनन्
युवाहरूले सन् २०१२ देखि मानसिक स्वास्थ्यलाई जोड दिने सबै संकेतहरूलाई सजिलै बेवास्ता गरेका छन् । चिन्ता र डिप्रेसनका कारण आत्महत्याका घटना पनि बढेका छन् । प्यू रिसर्च सेन्टरका अनुसार सन् २००७ मा एप्पलले अमेरिकामा पहिलो आईफोन लन्च गरेको थियो । २०१२ सम्म ५० प्रतिशत वयस्कहरूको स्वामित्वमा स्मार्टफोन थियो । यसबाट बुझ्न सकिन्छ कि सामाजिक सञ्जालको प्रयोग र बढ्दो डिप्रेसनका घटनाहरू समानान्तर रहेका छन् ।
तथ्याङ्क वैज्ञानिक क्रिस सेड भन्छन् कि सामाजिक सञ्जाल किशोर किशोरीहरूको सामाजिक जीवनमा परमाणु बम भन्दा कम थिएन । सामाजिक सञ्जालको आगमनसँगै युवाहरुले शारीरिक रुपमा भेट्न छाडेका छन् । तिनीहरू अनलाइन मानिसहरूसँग मात्र अन्तरक्रिया गर्छन् ।
के सामाजिक सञ्जाल साँच्चै जिम्मेवार हुन सक्छ ?
धेरै वैज्ञानिकहरू विश्वास गर्छन् कि सोशल मिडियाले किशोरकिशोरीहरूको मानसिक स्वास्थ्यसँग धेरै सरोकार राख्दैन । किनभने सन् १९४० को दशकमा मनोवैज्ञानिकहरूले युवाहरू रेडियो क्राइम ड्रामाको लतमा फसेका छन्, जसका कारण उनीहरूको मानसिक स्वास्थ्य बिग्रँदै गएको छ ।
यसपछि पछिल्ला केही वर्षमा कमिक बुक, टिभी र भिडियो गेममा पनि युवाको मानसिक स्वास्थ्यको विरुद्धमा भनिएको छ । समय परिवर्तनसँगै सामाजिक सञ्जाल जिम्मेवार हुन थालेको छ ।
सामाजिक सञ्जालका कारण डिप्रेसन भइरहेको छ भन्ने थाहा पाउन धेरै अनुसन्धान गरियो । डिप्रेसनको धेरै कारणमध्ये एक सामाजिक सञ्जाल रहेको खुलासा भएको छ । सामाजिक सञ्जालले युवाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको बताइएको छ ।
अमेरिकामा सन् २००६ मा ३ लाख युवा डिप्रेसनको शिकार
एमआईटी वैज्ञानिक एलेक्सी माकारिनले युवाहरूमा सामाजिक सञ्जालको प्रभाव पत्ता लगाउन २००४ देखि २००६ मा कलेज (क्याम्पस)हरूमा सुरु गरिएको फेसबुक एप प्रयोग गरे । पहिलो पटक कलेज मा फेसबुक ल्याएको हो । यद्यपि, अमेरिकाका सबै कलेजहरूमा फेसबुकको पहुँच थिएन ।
एलेक्सी र उनको टोलीले फेसबुक पहुँच भएका कलेजहरूमा र नभएका कलेजहरूमा अनुसन्धान गरे । यस समयमा अमेरिकामा १७ मिलियन कलेज विद्यार्थीहरू थिए । यी विषयमा अनुसन्धान भएको थियो । जसमा २ प्रतिशत कलेज विद्यार्थी अर्थात करिब ३ लाख विद्यार्थी फेसबुकका कारण डिप्रेसनको सिकार भएको खुलासा भएको छ । फेसबुकले पुरूष विद्यार्थीको तुलनामा छात्राहरूमा नकारात्मक प्रभाव पारेको छ ।
त्यस्तै, अर्थशास्त्री म्याथ्यू गान्ट्जकोभ भन्छन् कि सामाजिक सञ्जालबाट केही समयको लागि दूरी राख्दा मानसिक स्वास्थ्यमा ३० प्रतिशत सुधार हुन्छ । सामाजिक सञ्जालको प्रयोगले कुन हदसम्म नकारात्मक असर पार्न सक्छ भन्ने वैज्ञानिकहरुलाई अझै थाहा पाएका छैनन् ।
प्रतिक्रिया राख्नुहोस्