क्रिकेटखेल

टी-२० विश्वकप : अफगानिस्तान सुपर-८ मा, न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो

अमेरिका र वेस्टइन्डिजमा जारी टी-२० विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो ।

अफगानिस्तान सुपर-८ मा

जितसँगै अफगानिस्तान सुपाए-८ मा प्रवेश गरेको छ । यता समूह ‘सी’ मा अफगानिस्तानले जित निकाल्दा न्युजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको छ । यस समूहबाट वेस्ट इन्डिज र अफगानिस्तान अपराजित रहँदै सुपर -८ मा प्रवेश गरेका हुन् । अबा यी दुईबीचको खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

वेस्ट इन्डिजको ब्रायन लारा स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पिएनजीले अन्तिम बल बाँकी हुँदा ९५ रनमा समेटिएको थियो । पिएनजी लागि किप्लिङ दोरीगाले २७ रन बनाए भने एली नाओले १३ रन जोड्दा टोनी उराले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानका लागि फजला फारुखीले ३ विकेट लिए भने नभिन उलहकले २ विकेट लिँदा नुर अहमदको भागमा एक विकेट रह्यो ।

पिएनजीले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । अफगानिस्तानका लागि गुल्बदीन नावीले अविजित रहँदै ४९ रनको पारी खेले भने मोहमम्द नावी १६ रनमा नटआउट रहे । त्यस्तै, अज्मतुल्लाह ओमरजाइले १३ रन जोड्दा रहमनुल्लाह गुर्वाजले ११ रन बनाए । पिएनजीका लागि एली नाओ, सेमन कमिया र नोर्मन भनुवाले समान १-१ विकेट लिए ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.