जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी र बाँकेमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी, कोशी गाउँपालिका-३ नहरचोकस्थित सडकमा इनरूवाबाट भण्टाबारीतर्फ जाँदै गरेको को.२ ख ६०५९ नम्बरको ट्रकले को.२ त १२४३ नम्बरको ट्याक्टरलाई बिहीबार दिउँसो ठक्कर दिँदा ट्याक्टरमा सवार कोशी गाउँपालिका-२ बस्ने २० वर्षीय राज कुमार यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल इनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ । त्यस्तै बाँके, राप्ती सोनारी गाउँपालिका-९ चितवन पेट्रोल पम्पस्थित सडकमा भे.१ ख ३०१९ नम्बरको टिपर र भे.११ प १४१३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक राप्ती सोनारी गाउँपालिका-८ बस्ने ३५ वर्षीय लोक बहादुर बिष्टको घटनास्थलमै मृत्यु भएको छ ।

सोही विषयलाई लिएर स्थानीय बासिन्दाले टिपरमा आगजनी गर्दा टिपर पूर्ण रूपमा जलेर क्षति भएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.