जल/वातावरण
कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण- टेकु अस्पताला भर्ना
कुवेत सरकारले जहाज चार्टर्ड गरी जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुवेतले पठाइदिएका १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
३६ वर्षकी महिलालाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको र उनको आईसीयूमा उपचार भइरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिनुभएको छ ।
टेकु अस्पतालकै आईसीयूमा कोरोना संक्रमित एक ५२ वर्षका पुरुष पनि उपचाररत छन् । भारतबाट आएका उनलाई थप उपचारका लागि पाटन अस्पताल पठाउने तयारी भैरहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्