प्रबास

बालेन्द्र साह अमेरिकाबाट पुरस्कृत

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन)साहलाई अमेरिकाबाट पुस्कृत गरिएको छ । अमेरिकामा रहेको नेपालीहरुको संस्था एन एण्ड जे इन्टरटेनमेन्ट ले यो वर्ष प्रदान गर्ने विभिन्न पुरस्कारहरुको घोषणामा बालेनको नाम पनि परेको हो ।

संस्थाले स्थापना गरेको स्वर्गीय यम बुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार, र्याप गायक सबैका युवा ढुकढुकी काठमाडौंका मेयर श्री बालेन साहलाई प्रदान गरिने भएको छ।

त्यसै गरी यस वर्ष नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नाल्जिम अवार्ड प्राप्त गर्नेमा अमेरिकाबाट इनेप्लिज डटकम र नेपालबाट पुर्वेली न्यूज डटकमका मणिराम दाहाललाई प्रदान गरिने छ । यो पुरस्कार राशी २५ हजारको रहेको छ।

संस्थाले सामाजिक क्षेत्रमा प्रदान गरिने लक्ष्मी प्रतिष्ठान र तुलशादेवी फाउन्डेसनलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। यो पुरस्कारको राशी पनि २५ हजारको रहेको छ।

त्यस्तै साहित्य संगीत, गायन कलाकारिताको क्षेत्रमा प्रदान गरिने एकलाख राशीको पुरस्कार चार जनालाई संयुक्त रुपमा जनही २५ हजारको दरले प्रदान गरिने भएको छ।

यो पुरस्कार पाउने ब्यक्तित्वहरुमा वरिष्ठ कथाकार माया ठकुरी, वरिष्ठ साहित्यकार गार्गी शर्मा, पप सम्राट ओम विक्रम बिष्ट र भारतमा रहनुहुने भारतीय नेपाली साहित्यकार कृष्ण प्रधान हुनुहुन्छ ।

त्यस्तै यो स्वर्गीय अर्जुन प्रसाद प्रसाईं लोकप्रिय युवा नेता को वर्षको लोकप्रिय युवा नेताको पुरस्कार हर्क साम्पाङ राई (धरान)लाई प्रदान गरिने भएको छ ।

यी पुरस्कार नेपालमा रहनेलाई नेपालबाट र अमेरिकामा रहनेलाई अमेरिकाबाट नै प्रदान गरिने छ । यी पुरस्कारको प्रायोजक साहित्यकार कमला प्रसाईं हुनुहुन्छ भने संस्थाको संरक्षक पनि हुनुहुन्छ ।

नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नका निम्ति स्थापित यो संस्थाले २००५ देखि अमेरिकामा निरन्तर काम गर्दै आइरहेको छ । सह्रानीय कार्य गरेवापत दुईपटक न्यूयोर्क सरकारबाट पुरस्कृत समेत भएको छ ।

यसअघि सस्थाले कुलचन्द्र वाग्ले, शम्भुजीत बाँस्कोटा, रवी लामिछाने, हरिशरण लामिछाने, बसुन्धरा भुषाल लगायत दर्जनौं भाषा, साहित्य, कलासेवीहरुलाई पुरस्कृत गरिसकेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.