राजनीति
विमलामाथि छानबिन गर्न प्रदेश सरकारद्वारा कार्यदल गठन
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले महिलामाथि गरेको दुव्र्यवहारको छनबिन गर्न लुम्बिनी प्रदेश सरकारले कार्यदल गठन गरेको छ ।
मंगलबार विहान तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरभित्र छिरेर उनीकी श्रीमती र छोरीलाई समेत हातपात गर्नुभएको थियो ।
मंगलबार नै बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिनुभएको थियो ।
घटनाका विषयमा सत्यतथ्य पत्ता लगाउन बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्