क्रिकेटखेल

विश्वकप छनोट खेल नेट टिभीमा लाइभ हुने

यही जुन १८ देखि जिम्वाबेमा हुने आईसीसी विश्वकप क्वालिफायरका खेलहरु नेट टिभीले लाइभ गर्ने भएको छ । जोहरा इन्टरनेशनल प्रा.लि.ले सो प्रतियोगिताको नेट टिभी एप र वेभसाइटबाट निःशुल्क प्रसारणा गर्ने भएको छ ।

प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि जोहरा इन्टरनेशनलले प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि स्टार इण्डियामार्फत आधिकारिक इजाजतपत्र प्राप्त गरेको छ भने यसलाई एड प्याड प्रा.लि.लाई विशेष मार्केटिङ र प्रसारणा अधिकार प्रदान गरिएको छ ।

नेपाल पहिलोपटक आईसीसी विश्वकस छनोटमा सहभागी हुने भएकाले नेपाली दर्शकका लागि खेल हेर्न सजिलो होस् भन्ने उद्देश्यले नेपालमा १० लाखभन्दा बढी डाउनलोड भएको नेट टिभीमार्फत निःशुल्क प्रसारण गर्न लागिएको हो ।

नेट टिभी नेपालको अग्रणी आईपीटिभी प्लेटफर्म र सबैभन्दा मूल्यवान पे टिभी भएकाले प्रतियोगिताका सबै ३४ खेलहरु एप र वेभसाइटबाट प्रसारण गरिने छ ।

प्रत्यक्ष प्रसारणको हुने भएपछि नेट टिभीका अध्यक्ष मनोज अग्रवालले नेपाल प्रथम पटक विश्वकप छनोट प्रतियोगितामा पुग्दा सबै खेलहरुका प्रत्यक्ष प्रसारण नेट टिभि एप र वेवसाईटमा निःशुल्क गर्न पाउँदा गौरव लागेको बताउँदै यो नेपाली खेलकुद प्रसारणको इतिहासमा एउटा नयाँ कोशेढुंगा स्थापित हुने विश्वास लिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.