प्रदेशमधेश

प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्छु : मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशवासीलाई सङ्घीयताको अनुभूति हुने गरी काम गर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री सिंह

शुक्रबार मधेस भवनस्थित मुख्यमन्त्री निवासमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चका केन्द्रीय पदाधिकारीहरुसँगको छलफलमा उहाँले विगतका अनुभवबाट सिक्दै आफूले नयाँ ढङ्गले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सिंहले सङ्घीयताको कार्यान्वयन गराउन जनप्रतिनिधि र कर्मचारीहरुको अहम भूमिका हुने भएकाले सोहीअनुसार सहयोगको अपेक्षा गरेको बताउनुभयो । “अहिले सङ्घीयताप्रति नकारात्मक सन्देश फैलिरहेको छ । यसलाई चिर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले हामी सबैले सजगताका साथ काम गर्नुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

राष्ट्रसेवक कर्मचारीहरुले जनताको काम सहज तरिकाले र समयमै गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री सिंहले सुशासनका लागि आफूले कुनै कसर बाँकी नराख्नेसमेत बताउनभयो ।

त्यसअवसरमा मञ्चका पदाधिकारीहरूले प्रदेश निजामती ऐनका विभिन्न विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.