जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कास्की र सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग.१ क ५३२० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै सप्तरी, कंचनरूप नगरपालिका-१ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.