राजनीति

नेपालको नयाँ नक्सालाई अमेरिकाको मान्यता- प्रयोग गर्‍यो फेसबुक पेजमा

भारत अतिक्रमित नेपाली भूमि लिपलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा संविधानमा सूचीकृत भैसकेपछि यसलाई विश्व महाशक्ति राष्ट्र अमेरिकाले मान्यता दिएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासले फेसबुक पेजको टायमलाइनमा नयाँ नेपालको नक्सा राखेको छ ।

अमेरिकी राजदूतावासको आधिकारिक फेसबुक पेजमा लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा प्रयोग गरेको हो । नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।

त्यसो त दूताबासको फेसबुकपेजमा विभिन्न गतिविधिको फोटा सेयर गर्ने क्रममा पुरानै फोटो राखिएको पाइएपछि नयाँ नक्सा राख्न अनुरोध गर्दै कमेन्ट गरिएका थिए । त्यसको केही घण्टामै दूताबासले नयाँ नक्सा राखेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.