राजनीति

एसपिपी ओली सरकारको पालामा भएको भए पुष्टि गर्न चुनौति

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेले एसपिपी ओली सरकारले कार्यान्वयनमा ल्याएको भन्ने अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई पुष्टि गर्न चुनौति दिनुभएको छ ।

बिहिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी सम्झौता कार्यान्वयन केपी ओली सरकारले कार्यान्वयनमा ल्याएको तर गठबन्धन सरकारले सम्झौता नगर्ने बताउनुभएको थियो ।

नेकपा ९एमाले० का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ । उहाँले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले आफू उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गर्नुभयोे ।

उहाँले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाउनुभयो ।

उहाँले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गर्नुभयो । उहाँले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.