राजनीति

नागरिकको हकहितका लागि सदैव प्रतिबद्ध छु : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले नेपाली नागरिकका हकहितका लागि सदैव लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर नेपालको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उहाँले अनाथ बालबालिका, असहाय महिला, वृद्घवृद्घा, अपाङ्गर, अशक्तको संरक्षण, ज्येष्ठ नागरिकको सुरक्षाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री आचार्य

ललितपुरको गोदावरी वडा १४ बाँडेगाउँमा निर्माण भएको सेन्टरले अनाथको सेवाका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री आचार्यले सबै खालका कल्याणका लागि देश र विदेशमा रहनुभएका नेपाली नागरिकका लागि सदैव काम गर्ने बताउभयो ।

केयर सेन्टर नेपालका अध्यक्ष विजय मूर्ति महाराजले आमाबुवा नभएको तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकलाई निःशुल्क गाँस, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्ने मूल उद्देश्य लिइएकोे बताउनुभयो । विशिष्ट अतिथि मधेश प्रदेशका पूर्वप्रमुख डा राजेश अहिराज झा, पूर्वराज्यमन्त्री गोविन्द शाह, वडाध्यक्ष निरोज बज्राचार्यले सेन्तरको सफलताको कामना गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.