जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

ललितपुर र दाङमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर, ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित सडकमा प्रदेश नम्बर ०२ -०३ -००१० ख ५३५७ नम्बरको ट्रकले बा.८३ प ८१७८ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक सिन्धुली तिनपाटन गाउँपालिका-४ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ३५ वर्षीय रमेश कुमार पाण्डेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै दाङ, शान्तिनगर गाउँपालिका-१ नयाँ बस्तीस्थित सडकमा खिलतपुरबाट अमुवातर्फ जाँदै गरेको रा.१ त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार शान्तिनगर गाउँपालिका-२ बस्ने ५१ वर्षीय धन बहादुर भण्डारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.