जन सरोकार

दुई सय ७० किलोग्राम गाँजासहित एक जना पक्राउ

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय ७० किलोग्रामसहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गाँजा

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.