जन सरोकार

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

जापान पठाइदिन्छु भनी १२ लाख रुपैयाँ रकम ठगेको आरोपमा प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय सुनबहादुर तामाङ रहेका छन्  ।

उनले पीडित हिरादेवी थापालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्‍दै १२ लाख रुपैयाँ लिएर फरार रहेका  थिए । त्यस्तै उनले  थापालाई मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुने कृषि क्षेत्रमा काम लगाइदिन्छु भन्दै रकम लिएको खुलासा भएको छ  ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.