जापान

रूस-उत्तर कोरिया सम्झौताप्रति जापानको चासो

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताउनुभएको छ ।

प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

बुधबार हस्ताक्षर भएको सम्झौता अनुरूप रूसले उत्तर कोरियासँग सैन्य–प्राविधिक क्षेत्रमा आवश्यकता अनुसार सहकार्य गर्ने रूसी राष्ट्रपति पुटिनले सम्झौतापछि उत्तर कोरियाली सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभएको थियो ।

“यस प्रकारको सहकार्यले हाम्रा देश र वरपरका क्षेत्रको सुरक्षा सन्दर्भमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको प्रत्यक्ष उल्लङ्घन गर्छ,” जापान सरकारका प्रवक्ता योशिमासा हयासीले बताउनुभयो ।

“जापान राष्ट्रपति पुटिनले उत्तर कोरियासँग सैन्य प्राविधिक सहयोग स्वीकार गरेको तथ्यलाई लिएर गम्भीर रूपमा चिन्तित छ,” उहाँले भन्नुभयो । राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि संयुक्त राष्ट्रसङ्घले लगाएको प्रतिबन्धको समीक्षा गर्नुपर्ने पनि बताउनुभयो ।

“अन्तर्राष्ट्रिय समुदायको इच्छा विपरित रूसले उत्तर कोरियाबाट ब्यालेस्टिक क्षेप्यास्त्रसहित हतियार र गोलाबारुद खरिद गरेको छ र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सङ्कल्पको स्पष्ट उल्लङ्घन गर्दै युक्रेन आक्रमणमा प्रयोग गर्दै आइरहेको छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.