जापान

यस वर्ष जापानमा सात लाखभन्दा कम शिशु जन्मने

जन्मदरमा भैरहेको व्यापक ह्रासका कारण आवश्यक जनशक्तिको अभावका साथै चरम सामाजिक समस्या भोगिरहेको जापानमा जन्मदर बढाउने उपायहरुले पनि काम गरिरहेको छैन ।

युवा पुस्तामा विवाह र सन्तान जन्मप्रति चासो नबढ्दा जापानमा वृद्धवृद्धाको भार निकै उच्च रहेको छ । विश्वमै सबैभन्दा बढी वृद्धवृद्धा रहने जापानमा यस वर्ष पनि जन्मदर न्यून हुने प्रक्षेपण गरिएको छ ।

जापान अनुसन्धान संस्थान (जेआरआई)ले गरेको सन् २०२४ मा सात लाखभन्दा कम शिशुको जन्म हुने र यो विगतको तुलनामा निकै कम रहने जनाएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको प्रारम्भिक तथ्यांकलाई आधार मानेर गरिएको यो अनुमान बमोजिम शिशु जन्म भएमा जन्मदरको अपेक्षा गरिएको अवधिभन्दा १४ वर्ष पहिले नै पूरा हुनेछ ।

राष्ट्रिय जनसंख्या एवं सामाजिक सुरक्षा संस्थाले वर्ष २०३८ मा जापानमा ७ लाखभन्दा कम शिशुको जन्म हुने अनुमान गरेकोमा यसै वर्ष सो अनुमान पूरा हुने र यो वर्ष जन्मने शिशुको संख्या बढीमा ६ लाख ९८ हजार हुने अनुमान छ ।

जेआरआईका वष्ठि शोधकर्ता ताकुमी फुजिनामीले यो अनुमानित तथ्यांकका लागि युवाहरुको घट्दो संख्या र बढ्दो मूल्यवृद्धिका कारण विवाह र सन्तान जन्माउनु आवश्यक नै नठान्ने युवाहरुलाई जिम्मेवार मानेका छन् ।

कोभिड १९ महामारीताका एक आपसमा भेटघाट गर्ने समय नपाउँदा विवाहको संख्या घटेको थियो र यसको प्रभाव अझै पनि कायम रहेको ताकुमीले बताएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.