इन्छारामलाई छुटाउन न्यायाधीश र वकिलबीच घूस लेनदेनको अडियो बाहिरएपछि…
ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र वकिलबीच भएको घूस लेनदेनको अडियो सार्वजनिक भएपछि न्यायालयभित्रको भ्रष्टाचारको अर्को पर्दा खुलेको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच लेनदेनको अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक बोलाउनुभएको छ ।
न्युज २४ को टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रममा जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो ।
झन्डै १० मिनेट लामो उक्त अडिओमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई यस्तो अवसर फेरिफेरि नआउने भन्दै धरौटीमा छोड्ने आदेश दिन भनेको र त्यसका लागि आफूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणादेखि काठमाडौं जिल्ला अदालतका पहिलो नम्बरका न्यायाधीशलाई पनि भन्ने आश्वासन दिएका छन् ।
तामाङलाई थुनामा पठाउने आदेश न्यायाधीश कोइरालाले नै दिनुभएको थियो । सुरूमा आफ्नो जागिर जान्छ कि भनेर डराएका न्यायाधीश कोइराला उच्च अदालतमा पनि सोही आदेश सदर गराउने अधिवक्ता पोखरेलको आश्वासनपछि सहमत हुनुभएको थियो ।
सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई २०७८ पुस १४ गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्