खेलविविध

एसियाली खेलकुद प्रतियोगिताको लागि ढुक्क भएर तयारीमा जट्न सदस्य सचिव घिसिङको आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका खेलाडीलाई ढुक्क भएर तयारी प्रशिक्षणमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

सातदोबाटोस्थित तेक्वान्दो, कराते र कुस्तीको बुधबार तयारी प्रशिक्षण अवलोकन गर्ने क्रममा उहाँले खेलाडीलाई ढुक्क भएर तालिममा केन्द्रित हुन आग्रह गर्नुभएको हो ।

प्रशिक्षण अवलोकनका क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षणस्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका विषयमा जानकारी लिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.