जापान

नेपथ्य व्याण्डको बहुप्रतिक्षित लाईभ कन्सर्ट तयारी तीब्र, दुई स्थानबाट टिकट विक्री

जापानका नेपाली माझ यस वर्षकै बहुप्रतिक्षित सांगीतिक कार्यक्रमको रुपमा हेरिएको नेपथ्य व्याण्डको लाईभ कन्सर्ट तयारी आयोजकले तीब्र पारिएको छ ।

कन्सर्ट तयारीसगै डिसिइ प्रोजेक्ट मार्फत अनलाइनबाट टिकट विक्री गरिरहेको आयोजक भिजोनिया कम्पनीले अनलाईन प्रयोग गर्न असमर्थहरुले टिकट नै खरिद गर्न मिल्ने व्यवस्थाको माग भएपछि टोकियोमा दुई स्थानमा टिकट विक्री थालनी गरेको जनाएको छ ।

हाल टोकियोको लोकल सिबुया र काठमाडौं लाउञ्ज बार नेवा डाइनिगं ओकुबोमा टिकट उपलब्ध गराइएको कन्सर्ट आयोजक कम्पनी भिजोनियाका प्रमुख सुभास लामिछानेले जानकारी दिनुभयो ।

दुवै स्थानमा सिमित संख्यामा मात्र टिकट उपलब्ध गराइएको बताउँदै लामिछानेले आफ्नो अनुकुल समय मिलाएर काठमाडौं लाउञ्ज वा लोकल सिबुया रेष्टुरेण्टमा अथवा अनलाइन मार्फत खरिद गर्न आग्रह गर्नुभयो ।

गायक अमृत गुरुङ सहितको नेपथ्य व्याण्ड मानवताको लागि संगीत भन्ने नारा सहित टोकियोमा अगष्ट ८ तारिख मंगलबार विशेष लाइभ सांगीतिक प्रस्तुती सहित उपस्थित हुँदैछ ।

नेपथ्य व्याण्डको तर्फबाट गायक अमृत गुरुङ सहित सुरज थापा किबोर्ड, सुबिन शाक्य बास गीतार, धुर्व लामा ड्रम, निरज गुरुङ लिड गीतार र शान्ति रायमाझी मादलको साथमा मञ्चमा प्रस्तुत हुनेछन् ।

उक्त अवसरमा अमृत गुरुङको साथमा नेपथ्य व्याण्डले जोमसोमे बजारमा हावा चल्यो सरर, तालको पानी माछिले खानी, मै नाचे छमछमी, जोगले हुन्छ भेट मायाले हुन्छ सम्झना, चरि मर्यो सिसैको गोलिले, छेक्यो छेक्यो देउराली डाँडा देखि यो जीन्दगानी, शिरानमा फोटो छ, उडायो रेलैले लगायत आफ्दा दुई दर्जन नयाँ पुराना सदाबहार लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

जसमा रेशम, भेडाको उन जस्तो, सा कर्णाली, रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो गीत टोकियोको कोतो सिटिमा रहेको तोयोसु पिटमा गुञ्जनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.