राजनीति

सरकारद्वारा आठ देशका लागि राजदूत सिफारिश

सरकारले भारत, अमेरिका, बेलायत लगायत आठ देशमा रिक्त राजदूतहरुको सिफारिस गरेको छ । मन्त्रिपरिषद्‌को शुक्रबार बसेको बैठकले सो सिफारिश गरेको हो ।

सत्ता समीकरण बदलिएसंगै सरकारले केही समयअघि मात्र अघिल्लो सरकारका पालामा नियुक्ति पाएर राजदूत भएकाहरुलाई फिर्ता बोलाएको थियो ।

सरकारको सिफारिश अनुसार भारतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र अमेरिकाका लागि पूर्व सचिव चन्द्र घिमिरेलाई राजदूत सिफारिस गर्ने निर्णय गरेको हो ।

यस्तै बेलायतमा विजन पन्त, दक्षिण कोरियामा सुशील प्याकुरेल, डेनमार्कमा सुम्निमा तुलाधर, स्पेनमा पुष्पराज रञ्जितकार, मलेसियामा नेत्रप्रसाद तिम्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत सिफारिस गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.