समाचार

अफगानिस्तानसंग अष्ट्रेलिया स्तब्ध, २१ रनले पराजित

आईसीसी टी-२० विश्वकप २०२४ को सुपर ८ मा अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै इतिहास बनाएको छ । चालू विश्वकपको दावेदार अष्ट्रेलियामाथि अफगानिस्तानले अन्तर्राष्ट्रिय खेलमा पहिलोपटक पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १ सय ४९ रनको मध्यम लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.२ ओभरमा १ सय २७ रन बनाएर अलआउट भयो ।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । मिचेल मार्शले १२ र मार्कस इस्टोनिसले ११ रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अष्ट्रेलियालाई अलआउट गर्न अफगानिस्तानका गुलबदिन नाबीले ४ र नवी उल हकले ३ विकेट लिए । मोहम्मद नावी, राशिद खान र अजमतुल्लाह उमरजईले एकरएक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेट गुमाउँदै ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानको अर्धशतक मद्दतमा १ सय ४८ रन बनाएको थियो ।

गुर्बाजले ६० र जद्रानले ५१ रन बनाएर आउट भए । करिम जन्नतले १३ र मोहम्मद नाबीले १० रनको योगदान गरे । अरु ब्याटर चलेनन् ।

अष्ट्रेलियाका प्याट कमिन्सले तीन, एडम जाम्पाले दुई तथा मार्कस स्टोनिसले एक विकेट लिए । अफगानिस्तान सुपर ८ को पहिलो खेलमा भारतसंग पराजित भएको थियो भने अष्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो ।

एकरएक खेलमा हार र जितको नतिजा निकालेका यी दुवै टोलीको दुईरदुई अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया अगाडि छ । यो समूह १ मा भारत ४ अंकका साथ शीर्ष स्थानमा छ ।

अब अष्ट्रेलियाले भारत र अफगानिस्तानले बंगलादेशसँग खेल्नेछन् । बाँकी खेल दुवैले जिते नेट रनरेटका आधारमा सेमिफाइनल जाने टोलीको निर्णय हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.