अबको छ महिनाभित्रै सबैलाई नागरिकलाई खोप लगाइने
कोरोनाा भाइरस प्रतिरोधी खोपको व्यवस्था हुन नसक्दा पहिलो मात्रा लगाएका १५ लाख नागरिकले दोस्रो मात्रा लगाउन नपाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र अर्थात अबको ६ महिनाभित्र सबैलाई नागरिकलाई खोप लगाइने बताउनुभएको छ ।
बिहिबार नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको र २०२१ भित्रै सबै नागरिकलाई खोप लगाइसकिने दावी गर्नुभएको हो ।
भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री ओलीले सबैलाई खोप लगाइसकिएपछि अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने समेत बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गर्नुभयो ।
उहाँले विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्