जन सरोकार

अरुणोदय माविका संस्थापक शारदाविक्रम वस्न्यातलाई सम्मान

काठमाडौंको पूर्वी भेगमा रहेको अरुणोदय माध्यमिक विद्यालय, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९, आरुवारीका संस्थापक शारदाविक्रम वन्स्यातलाई सम्मान गरिएको छ ।

२००७ सालमा विद्यालय स्थापनामा अग्रणी भूमिका निर्वाह गर्नुभएका शिक्षासेवी, समाजसेवी, साहित्यकार तथा संगीतकार वस्न्यातलाई शुक्रबार उहाँकै निवास गहना पोखरी पुगेर विद्यालयका तर्फबाट सम्मान गरिएको हो ।

जीवनको ९४ औं वसन्त पार गर्नुभएका वस्न्यातलाई यस विद्यालयको विकासमा पुर्याउनुभएको योगदानको कदर गर्दै विद्यालयका तर्फबाट सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल, उपप्रधानाध्यापक रीता रायमाझी, समाजसेवी तथा सोही विद्यालयका पूर्व स्वयंसेवी शिक्षक पृथ्वीमान सिं वस्न्यात, अरुणोदय पूर्व विद्यार्थी समाजका अध्यक्ष त्रिलोचन पौड्यालको सहभागिता थियो ।

त्यसै गरी कार्यक्रममा अरुणोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शिवप्रसाद पौडेल, जशोदा केसी आचार्य, स्थानीय समाजसेवी तथा नेपाली सेनाका पूर्व कर्णेल कुमार थापा लगायत विद्यालयका शिक्षकहरुको उपस्थिति थियो ।

पक्षघातबाट थला परे पनि अनुहारमा तेज र मनमा उत्साह कायम राख्नुभएका वस्न्यातका अभिव्यक्ति सुन्दा वातावरण भावुक बनेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.