क्रिकेटखेल

टी २० विश्वकप : दक्षिण अफ्रिका सेमिफाइनलमा

दक्षिण अफ्रिका अमेरिका र वेस्टइण्डिजमा जारी आईसीसी टी २० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो ।

आइतबार विहान भएको सुपर–८ खेलमा वेष्टइन्डिजलाई डकवर्थ लुइस पद्धतिको आधारमा ३ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यसअघि टी २० विश्वकपमा दक्षिण अफ्रिका सन् २००९ र २०१४ मा सेमिफाइनल खेलेको थियो ।

दक्षिण अफ्रिका सुपर ८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो ।

वेस्ट इण्डिजले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुनः खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे ।

वेस्ट इण्डिजका रोश्टन चेशले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा र इङल्याण्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इङल्याण्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.