जापान

जापानमा एक नेपालीको सुतेरहेकै अवस्थामा मृत्यु, शव नेपाल पठाउन सहयोगको अपील

श्रीमती र नाबालक छोरासंगै जापानको तोचिगिसीमा बस्दै इटहरीको विराटचोक स्थायी निवासी शेर बहादुर कार्कीको आफ्नै घरको कोठामा राति सुतिरहेको अवस्थामा मृत्यु भएको छ ।

यही जुन २१ तारिख शुक्रबार साँझ खाना खाएर सकुसल सुतेका कार्की शनिवार बिहान अचेत अवस्थामा रहेका र उनलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

शनिबार विहान उठ्ने समयमा सदाझैं मोवाईलको अर्लाम बज्दा पनि नउठेपछि श्रीमती कल्पना थापा (कार्की) उठाउन जाँदा अचेत रहेको र तत्काल तत्काल अस्पताल पुर्याउँदा  स्वास्थ्यकर्मीले कार्कीको मृत्यु भैसकेको घोषणा गरेका थिए ।

स्वास्थ्यकर्मीले कार्की जीवित नरहेको घोषणा गरेपछी प्हरीले आवश्यक अनुसन्धान गरी शवलाई पोष्टमार्टम गर्दा कार्कीको मृत्यु हृदयघातका कारण भएको उल्लेख गरिएको छ । हाल कार्कीको सव तोचिगीसीको प्रहरी कार्यालयमा राखिएको छ ।

नेपालमा मृतक कार्कीकी बृद्ध आमाले छोराको मुख हेर्ने अन्तिम ईच्छा प्रकट गरेको शव नेपाल पठाउन खोजे पनि आर्थिक अवस्था कमजोर भएका कारण जापानबासी नेपालीहरुमा सहयागका लागि आव्हान गरिएको छ ।

मृतक कार्कीको श्रीमती कल्पनाले आर्थिक सहयोगका लागि जापानवासी सबै नेपाली र बिभिन्न संघसंस्था तथा नेपाली दुतावाससंग सार्वजनिक रुपमा आग्रह गर्नुभएको छ ।

सहयोगका लागि :-

कल्पना थापा – タパ カルパナ
खाता नम्बर: 14050-49819131
जेपि बैंक बाहेकका बैंकबाट पैसा पठाउनु परेमा सितेन बांगो
(Branch Code): 408

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.