अर्थकृषि

गोदाममा हजारौ बोरा मल, किसानलाई भने मल पाउनै धौधौ (भिडियोसहित)

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ३ का श्रीपत गडेरियाको खेतमा रहेको बिउँ रोप्नको लागि तयार भएको छ । बिउँ तयार भएकोले नहुँदैदेखि उहाँ खेतमा हाल्ने मलको लागि पासबुक बोकेर मलका लागि धाइरहनुभएको छ ।

श्रीमत पालिकाले तोकेको लगनशिल महिला विकास बचत तथा ऋण सहकारी संस्था धाउँदै हुनुहुन्छ तर उहाँले अहिलेसम्म मल पाउन सक्नुभएको छैन ।

पालिकाले उहाँलाई कृषक मलखाद बितरण पुस्तिका (पास बुक) बनाएर दिएको छ तर सो पास बुक पाएपछि गत वर्ष उहाँले एक बोरा डिएपी मल मात्र पाएको देखिन्छ ।

यो समस्या रुपन्देहीका यी किसानको मात्र हैन अहिले प्रायः सबै कृषकहरु मलकै लागि भौतारिरहेका छन् । एक बोरा मलको आशमा किसान भौतारिरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडको गोदाममा भने हजारौ बोरा डिएपी, युरिया र पोटास मल मौज्दात रहेको छ ।

तर, गोदामको यो मल किसानको लागि “ल्हासामा सुन छ, कान मेरो बुच्चै” सरह भएको छ । अर्थात हजारौ बोरा मल हुदा पनि यो मल कृषकको पहुँच समम पुग्नै सकेको छैन ।

किसानहरुले मल नपाएको गुनासो गरिरहँदा कृषि सामाग्री कम्पनी लिमिटेडका प्रादेशिक प्रवन्धक बलबहादुर पन्थले भने गत वर्षहरुको जस्तो मलको अभाव नरहेको दावी गर्नुभयो ।

पन्थले दिएको जानकारी अनुसार रुपन्देही जिल्लामा अहिले ६ हजार ६ सय ६८ मेट्रिक टन युरिया, १ सय७७दशमलव ३ मेट्रिक टन डिएपी मौज्दात रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.