विश्व समाचार

ब्राजिलमा कोरोना : दैनिक एक हजारजनाले ज्यान गुमाउँदै- ५३ हजार बढीको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको सामूहिक अन्त्येष्टि गरिएको एक स्थल

ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ । बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको हो ।

सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्रकोपबाट ज्यान गएको छ । बुधबार मात्र यहाँका १ हजार १८५ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँ ४२ हजार ७२५ जना नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँका नयाँ संक्रमितको संख्या ११ लाख नाघेको छ ।

बुधबारमात्र प्राप्त भएको समाचारमा ब्राजिलमा नयाँ संक्रमितको संख्या ११ लाख ८८ हजार ६३१ जना पुगेको छ । सो कुरा ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको हो ।बुधबारसम्मको जानकारी अनुसार यहाँको सरकारले गएको तीन दिनदेखि दिनमा एक हजारभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ । लगातार तीन दिनसम्म एक हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको देखिएको हो ।

ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो । यहाँमात्र बुधबार ९ हजार भन्दा बढी संक्रमित भेटिएका बताइएको छ । ब्राजिल अमेरिकापछि विश्वमै सबैभन्दा बढी मानिस संक्रमित हुने र मृत्यु हुने देशमा पर्दछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.