राजनीति

सूचना प्रविधि सरकारको प्राथमिकता छ : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्त्व र प्रथामिकता दिएको बताउनुभएको छ । आइसिटी फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२३ को समापन गर्दै उहाँले सरकारले सूचना प्रविधिको प्रवर्द्धन र संरक्षण गर्ने नीति अघि सारेको बताउनुभयो ।

उहाँले सूचना प्रविधिमा युवा पुस्ताको आकर्षण भइरहेको भन्दै सरकारले सूचना प्रविधि क्षेत्रलाई उचित सम्मान दिन नसकेको समेत बताउनुभयो । अर्थमन्त्री डा महतले अहिले ठूलो मात्रामा सफ्टवेयर निर्यात पनि भइरहेको बताउनुभयो । नेपाललाई डिजिटल उत्पादनको हव र सफ्टवेयर निर्यातको हव बनाउने उहाँको भनाइ राख्नुभयो ।

कार्यक्रममा सांसद प्रदीप पौडेलले प्रविधिका माध्यमबाट मुलुकको विकास गर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रियस्तरमा प्रविधिको विकास द्रूतरूपमा विकास भइरहँदा आत्मसात गर्ने कुरामा नेपाल पछाडि पर्न नहुने उहाँको भनाइ छ ।

सांसद सूर्य ढकालले संसद्मा सूचना प्रविधिमैत्री नीति–नियम बनाउन पहल गर्ने बताउनुभयो । उहाँले समाज, राजनीति र अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद शिशिर खनालले संसद्मा समयाभावका कारणले आफूले चाहेर पनि सूचना प्रविधिसँग सम्बन्धी सबै विषयवस्तु उठाउन नसकिएको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा नेपालका सूचना प्रविधिका क्षेत्रमा विभिन्न चरण समहूगत छलफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.