कला/मनोरन्जनकलिउड

मन्त्री किरातीले हेर्नुभयो ‘नीरफूल’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेर्नुभयो । उहाँले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हेर्नुभएको हो ।

नीरफूल

“भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ । मुख्यतः सहर र गाउँबीचको सामाजिक, सांस्कृतिक सवाल बेजोडसँगले प्रस्तुत भएको रहेछ”, मन्त्री किरातीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गर्नुभएको निर्देशक वलले बताउनुभयो ।

विसं २०७२ को भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ । राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको निर्देशक वलले जानकारी दिनुभयो । चलचित्र गत जेठ २६ गतेदेखि प्रदर्शनरत छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.