राजनीति

बालेन साहबिरुद्ध सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी चलचित्र प्रदर्शन नरोक्न दिएको आदेश नमान्ने भन्दै अदालत भारतबाट प्रभावित भएको आरोप लगाएपछि सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता भएको छ ।

अधिवक्ता वर्षाकुमारी झाले मेयर साह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गर्नुभएको हो । सो निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

केही दिनअघि मेयर साहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध उच्च अदालतले अन्तरिम आदेश दिएपछि उक्त आदेशको आफूले पालना नगर्ने भन्दै अदालत नै भारतबाट प्रभावित भएको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.