क्रिकेटखेल

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर-८ अन्तर्गतको अन्तिमा खलमा बंगलादेशलाई डीएलएस मेथडका आधारमा ८ रनले पराजित गर्दै अफगानिस्तान पहिलो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

अफगानिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए भने कप्तान रासिद खानले १९ रन जोडे । त्यस्तै, इब्राहिम जादरानले १८ रन जोड्दा अज्मतुल्लाह ओमरजाईले १० रन बनाए ।

बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए भने तास्किन अहमद र मुस्तफिजुर रहमानले समान १–१ विकेट लिए । अफगानिस्तानले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि ओपनर लिट्टन दासले अविजित रहँदै ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै तोहिद हृदोयले १४ रन जोड्दा सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए । अफगानिस्तानको लागि कप्तान रासिद खान र नभिन उलहकले समान ४-४ विकेट लिँदा फजलहक फारुखी र गुल्बदिन नावीले समान १-१ विकेट लिए।

रासिदले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोड्दै टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने ।
अफगानिस्तानको विजयी भएसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.