जापान

साइबर आक्रमणविरुद्ध लड्न सिस्को सिस्टम्सको जापान यात्रा

अमेरिकी टेक्नोलोजी समूह सिस्को सिस्टम्सले सरकार र व्यवसायहरूलाई साइबर आक्रमणबाट सुरक्षित बनाउन जापानमा संजाल विस्तार गर्ने तयारी गरेको बताएको छ।

चक रोबिन्स

सो कम्पनीका अध्यक्ष एवं सीईओ चक रोबिन्सले उनको कम्पनीले ह्याकरहरू विरुद्धको लडाईमा जापानलाई एक महत्त्वपूर्ण मोर्चाको रूपमा हेरिरहेको एनएचकेलाई बताएका छन् ।

“साइबर सुरक्षा, डिजिटल रूपान्तरण, आर्टिफिसियल इन्टेलिजेन्स र टेक्नोलोजीको सदुपयोग”मा जापानको ध्यान केन्द्रित भएकाले यहाँ आउनु राम्रो समय भएको पनि रोबिन्सले बताए ।

सिस्कोले यो वर्षको अन्त्यसम्ममा टोकियोमा शाखा खोल्ने योजना बनाएको छ । किनभने हालैका वर्षहरूमा जापान परिष्कृत ह्याकिङ आक्रमणको निशाना बन्न पुगेको छ।

सिस्कोको साइबर सुरक्षा केन्द्रले जापानको साइबल सुरक्षा बलियो बनाउन मद्दत गर्ने बताएको छ। साथै यसको साइबर सुरक्षा उपायहरूको बारेमा सल्लाह दिन सक्षम हुने र अन्य जापानी कम्पनीहरूलाई पनि सहयोग गर्न उपलब्ध हुनेछ ।

सिस्कोका अनुसार २ प्रतिशत मात्रै जापानी कम्पनीहरूले आफ्नो नेटवर्कको सुरक्षाका लागि पर्याप्त कदम चालेका छन् । प्रविधिको विकासमा दक्ष मानिने जापानमा साइबर सुरक्षाको यो नाजुक अवस्था हो ।

यही अवस्थालाई केन्द्रित गर्दै रोबिन्सले भने, “विशेष गरी अमेरिका र जापानबीचको सम्बन्धलाई ध्यानमा राख्दै, जापानलाई साइबर सुरक्षा र साइबर सुरक्षा निर्माण गर्न हामीले सक्दो सहयोग गर्नु हाम्रा लागि धेरै महत्त्वपूर्ण छ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.