कर्पोरेट/पर्यटन

साहसिक जलयात्रा प्रतियोगिता सम्पन्न

साहसिक जलयात्राअन्तर्गत भोटेकोशी नदीमा आयोजित ‘२२औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) द्वारा सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आयोजित राष्ट्रियस्तरको उक्त प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।

साहसिक जलयात्रा प्रतियोगिता

नेपाल पर्यटन बोर्ड र संस्कृति तथा पर्यटन मन्त्रालय, बागमतीको सहकार्यमा आयोजित राष्ट्रियस्तरको खुला प्रतियोगितामा र्‍याफ्टिङ र कायाकिङ गरी दुई विधामा प्रतियोगिता गरिएको थियो ।

र्‍याफ्टिङतर्फको उपाधि भोटेकोशी एड्भेन्चर क्लबले हात पारेको छ । क्लबले भोटेकोशी सुकुटेस्थित आठ किलोमिटरको निर्धारित दुरी २९ मिनेट ५१ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरेको हो । र्‍याफ्टिङ स्टारले निर्धारित दुरी ३१ मिनेट सात सेकेन्डमा पार गर्दै दोस्रो स्थान प्राप्त गर्यो । त्रिभुवन आर्मी क्लब ‘ए’ ले ३१ मिनेट ३४ सेकेन्डमा दुरी पार गरी तेस्रो स्थान बनायो ।

उपाधि हासिल गर्ने क्लबलाई नगद रु ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । दोस्रो र तेस्रोले क्रमश रु २० हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।र्‍याफ्टिङ खेलमा १४ वटा समूहले सहभागिता जनाएका थिए ।

कायाकिङतर्फ सुरेन्द्र माझी प्रथम भए । उनले ३० मिनेट ५१ सेकेन्डमा निर्धारित दुरी पार गरे । ३० मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कृष्ण खड्का दोस्रो भए । विजय माझीले ३१ मिनेट तीन सेकेन्डमा दुरी पार गरी तेस्रो भए । उनीहरुले क्रमश नगद रु २० हजार, १० हजार र पाँच हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । कायाकिङमा २४ जना खेलाडीको सहभागिता रहेकोे थियो ।

नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले साहसिक खेलका लागि नेपाल सुरक्षित रहेको सन्देश दिने नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ्ग एजेन्सिजका अध्यक्ष शिव अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.