जन सरोकार

किन जान्छ गर्मीको समयमा झ्याप्पझ्याप्प बिजुली (भिडियो)

देशको तराई देखि पहाडी भागसम्म यतिबेला ज्यादै गर्मी छ । गर्मीको समयमा हामी घर तथा अफिसमा बढी मात्रामा विद्युत खपत हुने पंखा, कुलर एसी, मोटर आदि प्रयोग गर्दछौं ।

तर, छिन छिनमा हुने विद्युत अवरोधले नारायणघाट जस्ता प्रचण्ड गर्मी हुने शहरहरुमा यी कुराहरुको अवरोध त हुन्छ नै यसको साथै घर तथा कार्यालयका अन्य काम समेत प्रभावित हुन जान्छ ।

पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका इन्जिनियर राजेन्द्र प्रसाद पौडेलका अनुसार यसरी झ्याप्प झ्याप्प बिद्यत अवरुद्ध हुनु लोड सेडिङ होइन ।

उहाँले विगतमा विद्युत उत्पादन कम हुँदा लोड छायाँमा पार्नका लागि पालैपालो स्टेशनबाटै काटिएका कारण लोडसेडिङ हुने गरेको तर हिँजोआज झ्याप्प लाइन जाने अवस्था लोडसेसडङ नभएको जानकारी गराउनुभयो ।

हिजोआज आक्कलझुक्कल जाने लाइन लोडसेडिङ नभएको भन्दै उहाँले भन्नुभयो, “हामी विद्युतमा आत्मनिर्भर भैसकेको अवस्था छ ”।

विभिन्न पावर हाउसमा उत्पादन भएका विद्युतको ट्रासमिसन लाइन प्रसस्त नहुनु, प्रशारण लाइन पुरानो हुनु, १३२ केभीमा सिंगल सर्किट १०० मेगावाट मात्रै लाइन हिनाउन सकिने हुँदा पनी विद्युतमा अवरोध आउन सक्ने उहाँले जानकारी दिनुभयो ।

झ्याप्प बिद्यत अवरुद्ध हुने सम्वन्धमा इन्जिनियर पौडेल भन्नुहुन्छ, “उत्पादनबाट ग्राहककोमा आउँदा प्रणालीमा असन्तुलन भएमा सिस्टम जाने एउटा कुरा भयो अर्को कुरा सव स्टेशनका फिडर लाइनहरुमा ओभरलोड हुनु हो ।”

झ्याप्प बिद्युत अवरुद्ध हुने धेरै कारणहरु हुने हुँदा तत्काल यही कारणले गर्दा भन्न नसकिने अवस्था आउने उहाँ बताउनुहुन्छ । विद्युतको कुरा प्राविधिक कुरा हुँदा बिस्तारै सुधार हुँदै जाने उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.