कला/मनोरन्जन

“नेपाली चलचित्रकर्मी अन्तर सांस्कृतिक हुन सकेनन्”

वरिष्ठ अभिनेता तथा चलचित्र निर्देशक नीर शाहले नेपाली चलचित्रकर्मी अन्तर सांस्कृतिक हुन नसकेका कारण त्यसको प्रभाव चलचित्रमा परेको बताउनुभएको छ ।

जनकपुरधाममा जारी ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सहभागी उहाँले विविधतायुक्त हाम्रो देशको संस्कृतिले एकअर्कालाई एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले आफू मैथिली बुझ्न र पढ्न सक्ने भए तापनि सार्वजनिक मञ्चमा संवाद गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ विश्व संस्कृतिको इतिहासमा मैथिली सम्मानित भाषा हो ।”

“अहिले विदेशी चलचित्रकर्मीसँग लगानीको अभाव छैन । धेरै ठूला बजेटमा चलचित्र बनेको खबर सुन्ने गरिन्छ तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ । अहिले विदेशी चलचित्रकर्मी विषयवस्तुको खोजी गर्दै यहाँ पनि आउने गरेका छन् । त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा चलचित्रमा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन । यसमा सम्बन्धित निकायको सहयोग र सहभागिता पनि जरुरी छ”, अभिनेता शाहले भन्नुभयो ।

लोक सञ्चार नामको संस्थाले आयोजना गरेको महोत्सवमा स्वदेशी र विदेशीसहित मैथिली भाषामा निर्माण गरिएका सात चलचित्र, लघुचलचित्र र वृत्तचित्र समावेश गरिएको महोत्सवका निर्देशक रमेशरञ्जन झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.