जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बारा र बर्दियामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बारा, कलैया उपमहानगरपालिका-२३ बैराठपुर चोकस्थित सडकमा ना.५ ख ५५०८ नम्बरको ट्रकले बा.३४ प २१३३ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार मौलापुर नगरपालिका-६ पथरा बुधराम बस्ने ७५ वर्षीया अमरावती देवीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै बर्दिया, बाँसगढी नगरपालिका-३ खल्लाचोकस्थित सडकमा रा.७ प ४५५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बाँसगढी नगरपालिका-४ बस्ने ६५ वर्षीय तोहित अली जागाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.