जन सरोकार

डुबेर तीन जनाको मृत्यु

देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । मोरङ, रतुवामाइ नगरपालिका-५ मल्दैया टोल बस्ने ४५ वर्षीय नुर मोहमदको छोरा दुई वर्षीय मो. मुसाको घर नजिकै आफ्नै खेतमा जमेको पानीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँची, सन्धिखर्क नगरपालिका-१२ टाकुरा बस्ने ताम बहादुर मुखियाकी छोरी ८ वर्षीया असु मुखियाको सोही ठाउँस्थित जहरे खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै दोलखा, मेलुङ गाउँपालिका-१ पोवटी बस्ने रमेश तामाङको छोरा ९ वर्षीय जेम्स तामाङको सोही ठाउँस्थित माछा पोखरीमा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय स्वास्थ्य चौकी पोवटीमा उपचारको क्रममा मृत्यु
भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.